Information is intelligence
Home7D7Pप्रदेश २ विशेष खबर २०७७-०६-१२ (७ दिन ७ प्रदेश) | साेमबार

प्रदेश २ विशेष खबर २०७७-०६-१२ (७ दिन ७ प्रदेश) | साेमबार

- Advertisement -spot_img

सत्य र निष्पक्ष खबरकाे स्तरीय प्रशारण दरबार टाइम्स सात दिन सात प्रदेश अन्तर्गत आज साेमबार प्रदेश नम्बर २ काे मुख्य खबरहरूमध्ये विशेष खबरहरूलाई  प्रस्तुत गरेका छाैँ  ।

महोत्तरीको रामगोपालपुर नगरपालिका-५ का वडाध्यक्ष भारतीय नागरिक

महोत्तरीको रामगोपालपुर नगरपालिका-५ का वडाध्यक्ष जितेन्द्र चौधरी भारतीय नागरिक रहेको खुलेको छ। शक्ति र पैसाको बलमा चौधरीले नेपाली नागरिकता लिएको थाहा लागेको हो। वडाध्यक्ष चौधरीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको ७ महिना बितिसक्दा पनि छानबिन भने अगाडी बढेको छैन।

बजार अनुगमन गर्न माग गर्दै उपभोक्ता हित संरक्षण मंचको बिज्ञप्ती

उपभोक्ता हित संरक्षण मंच जिल्ला कार्य समिति रौतहटले बजार अनुगमन गर्न माग गदै बिज्ञप्ती निकालेको छ ।दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरुमा भएको चर्को मुल्यबृद्धि र कालोबजारी प्रति ध्यानाकर्षण गर्दे आईतबार उपभोक्ता हित संरक्षण मंच जिल्ला कार्य समिति रौतहटले बजार अनुगमन गर्न माग गदै बिज्ञप्ती निकालेको हो ।

जनकपुरधाममा चिन बिरुद्ध विरोध प्रदर्शन

जनकपुरधाममा युवाहरुले चिन बिरुछ विरोध प्रदर्शन गरेका छन् । हुम्लामा मिचिएको नेपाली भूमीबाट तत्काल फिर्ता जाउ चिन भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका छन ।जनकपुरमा युवा नेपाल समिति प्रदेश नम्बर २ ले, चिनियाँ पक्षले हुम्लाको नाम्खा गाउँपालिका ६ लिमी गाउँस्थित लाप्चामा नौवटा घर बनाएपछि आक्रोस व्यक्त गर्दै विरोध प्रदर्शन गरेका छन ।

प्रहरी उपरीक्षकसहित आठ जनालाई कारबाहीको सिफारिश

हत्या आरोपमा पक्राउ परेका एक दलित युवकलाई प्रहरी हिरासतमा चर्को यातनापछि मृत्युवरण गर्न बाध्य बनाएको आरोपमा रौतहट प्रहरीका तत्कालीन प्रहरी उपरीक्षकसहित आठ जनालाई कारबाही गर्न सिफारिश गरिएको छ ।गृहमन्त्रालयले गठन गरेको घटना अध्ययन तथा छानबिन समितिले कारबाहीको सिफारिश गरेको हो ।

प्रदेश २ मा स्थायी कर्मचारी भर्नाको बाटो खुल्यो

प्रदेश २ सरकारले प्रदेशमा प्राविधिक कर्मचारी भर्नाको बाटो खुला गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ सेवामा सातौं तहसम्मको भर्ना लिन स्वीकृति दिने निर्णय गरेको हो।   प्रदेश निजामती सेवा ऐन पारित नभएसम्म संघीय ऐनलाई नै टेकेर हाललाई इन्जिनियर र चिकित्सक भर्ना गर्न स्वीकृति दिइएको सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु