Information is intelligence
HomeNews१३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, उपत्यकामा ८१७

१३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, उपत्यकामा ८१७

- Advertisement -spot_img

नेपालमा सोमबार थप १३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ ।

काठमाडौं उपत्यकामा ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ गरी कुल ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ७४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ ।

यता, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ४ जनाको निधन भएको छ । योसँगै नेपालमा कुल ४८१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु