Information is intelligence
HomeSportsकमजाेर बन्दै आर्सनल,लिभरपुलसँग पराजित

कमजाेर बन्दै आर्सनल,लिभरपुलसँग पराजित

- Advertisement -spot_img

प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले आर्सनललाई हराएको छ ।

साेमबार राति एनफिल्डमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले हराएको हो ।

लण्डन क्लबविरुद्ध जित निकाल्दै लिभरपुलले नयाँ सिजनमा समेत शतप्रतिशत जितको नतिजालाई कायम राखेको छ ।

एलेक्जेन्डर लाकाजेट्टीले २५ औं मिनेटमा पाहुना आर्सनललाई खेलमा अग्रता दिलाएका थिए । एन्ड्रयु रोबर्टसनको गल्तीको फाइदा उठाउँदै लाकाजेट्टी लण्डन क्लबलाई अघि बढाएका थिए ।

त्यसको तीन मिनेटपछि साडियो मानेले खेल बराबरीमा ल्याए ।

रोबर्टसनले ३४ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए ।

खेल सकिन दुई मिनेट अघि यसै सिजन लिभरपुल आएका फरवार्ड डियोगो जोटाले एनफिल्ड क्लबका लागि तेस्रो गोल गरे । जोटा ४५ मिलियन पाउण्डमा यसै सिजन उल्भ्सबाट लिभरपुल आएका हुन् । उनले घरेलु मैदानमा डेब्यु गरेको खेलमा गोल गर्न सफल रहे ।

आर्सनलले लिगका सुरुवाती दुई खेलमा जित निकालेको थियो । लिभरपुलले भने शतप्रतिशत जित सहित ३ खेलमा ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । आर्सनल ६ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु