Information is intelligence
HomeEntertainment & Artsअमेरिकामा छायांकन हुँदै पलकाे नयाँ फिल्म , साम्राज्ञीले दिनेछिन् साथ

अमेरिकामा छायांकन हुँदै पलकाे नयाँ फिल्म , साम्राज्ञीले दिनेछिन् साथ

- Advertisement -spot_img

नेपाली फिल्म इण्डस्ट्रिका चर्चित नायक पल शाहकाे नयाँ फिल्म अमेरिकामा छायांकन हुने भएकाे छ। उनले अभिनय गर्ने फिल्मकाे नाम भने रेड वाइन रहेकाे छ । उक्त फिल्ममा पल शाहलाई अर्की चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले साथ दिनेछिन् ।

फिल्म काेराेना माहामारीकाे अवस्था हेरेर दशैँ र तिहारकाे बीचमा अमेरिकामा नै छायांकन गरिने भएकाे छ।

अमेरिकामा नै बसाेबास गर्दै आएका व्यवसायी पासाङ लामा र आर्यन पौडेलको लगानी रहने उक्त फिल्मकाे निर्देशक भने रमेश एमके पौडेल रहने छन् ।

फिल्मकाे कथा र गीत लेखन निर्देशक पौडेलकै रहनेछ भने पल र साम्राज्ञीको साथमा सन्दीप क्षेत्री र अमेरिकामै बसोबास गर्ने इमिली लामाले पनि चलचित्रमा अभिनय गर्दै छिन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु