Information is intelligence
HomeSportsआइपिएलमा अभागी : ९९ रनमा आउट हुने खेलाडीहरू

आइपिएलमा अभागी : ९९ रनमा आउट हुने खेलाडीहरू

- Advertisement -spot_img

टी ट्वान्टी क्रिकेट राेमाञ्चक खेल हाे । जसमा भाग्य पनि हुन्छ दूर्भाग्य पनि हुन्छ। खेलका क्रममा यस्ताे क्षणपनि देख्न पाइन्छ जुन अन्त कतै देख्न पाइँदैन । खेलकाे नतिजा जसकाे पक्षमा गएपनि खेल हेर्ने दर्शकलाई भने खेलमा भएका गतिविधिहरूले राेमाञ्चित बनाइरहन्छ।

त्यसमाथीपनि इण्डियन प्रमियर लिग (आइपिएल) झनै राेमाञ्चक हुने गर्दछ । विश्वभरिका उत्कृष्ट खेलाडीहरूकाे महासंग्रामकाे रूपमा लिइने आइपिएलमा खेलाडीहरूकाे भाग्य पनि जाँच हुने गर्दछ। काेही खेलाडी यहिँबाट आफ्नाे जिन्दगी बनाउँछन् भने काेहीकाे जिन्दगी यहिँ नै समाप्त पनि हुने गर्दछ।

परिश्रम गर्दा गर्दैपनि कुनै क्षण भाग्यले साथ दिएन भने त्याे जति नमजाकाे क्षण अर्काे हुन सक्दैन । हामीले त्यस्तै खेलाडीहरू जाे मेहेनत गर्दा गर्दै पनि दूर्भाग्यकाे सिकार बन्न पुगे अर्थात ती खेलाडीहरू जाे आइपिएल क्रिकेटमा ९९ रनमा आउट भए तिनीहरूकाे बारेमा चर्चा गर्ने प्रयास गरेका छाैँ ।

विराट कोहली
दिल्ली डेयर डेभिल्सविरुद्ध खेल्दै विराट कोहलीले २०१३ मा को आईपीएलमा ९९ रन बनाएर आउट भएका थिए ।

कोहली ५८ बलको सामना गर्दै ९९ रन जोडेका थिए । उनको यसै पारीको मद्दतले बैंगलोरले १८३ रन बनाएको थियो । जहाँ बैंगलोर ४ रनले विजयी भएको थियो ।

पृथ्वी शा
दिल्ली क्यापिटल्सका ओपनर ब्याट्सम्यान पृथ्वी शाले कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा २०१९ को आईपीएलमा  ५५ बलको सामना गर्दै १२ चौका र तीन छक्काको मद्दतमा उनले ९९ रन जोडेका थिए । तर, उनले शतक जोड्न सकेनन् ।

यस खेलमा दिल्ली क्यापिटल्स विजयी भएको थियो ।

इशान किशन
। इशान किशनले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा ९९ रनको उत्कृष्ट पारी खेलेका थिए ।उनले पोलार्डसँग साझेदारी गर्दै बैंगलोरको पक्षमा गइरहेको खेललाई खाफ्नो पक्षमा तान्दै रोमाञ्‍चक बनाएका थिए । तर अन्तिम ओभरमा उनी पेभिलियन फर्किए र खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा खेल भने बैंगलोरले जितेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु