Information is intelligence
HomeNewsबालिका सम्झना कामीको शव अझै पनि परिवारले बुझ्न मानेनन्

बालिका सम्झना कामीको शव अझै पनि परिवारले बुझ्न मानेनन्

- Advertisement -spot_img

बझाङ । बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना कामीको शव अझै पनि परिवारले बुझ्न मानेका छैनन् । अपराधीलाई कानूनी दायरामा ल्याउने विषयमा प्रहरीबाट चित्त बुझ्दो जवाफ नआएको भन्दै परिवारले शव उठाउन नमानेको हो । घटना असोज ७ गते भएको थियो र आज घटना भएको ६ दिन भईसकेको छ ।

प्रहरीले बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई पत्ता लगाइ सकेको भने पनि अभियुक्तले अपराध स्विकार नगरेको र प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेका व्यक्ति राजेन्द्र बोहरा नै अपराधमा संलग्न छन् भन्ने एकिन नभएकाले शव नबुझेको मृतक सम्झनाका परिवारले बताएकाछन् ।

घटनामा संलग्नको आरोपमा राजेन्द्र बोहोरालाई पक्राउ गरिएको र अनुसन्धान जारी छ तर उनले अहिलेसम्म पनि अपराध स्वीकारेका छैनन् । प्रहरिले  केस जता पनि मोडिन सक्छ भनेर दुईधारे कुरा गरिरहेको छ । कतै अपराधीलाई उम्काउने खेल त होइन भन्ने शंका छ, त्यसैले अपराधी पत्ता नलागे सम्म शव नबुझ्ने भनेर पीडितका परिवारले भनिरहेका छन् ।

घटनाको थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट डीएसपी पञ्चकुमार बाखु नेतृत्वको टोली पनि बझाङ आएको छ । बोहरा नै घटनामा संलग्न रहेको भन्ने प्रमाण जुटाइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले बताएका छन् ।

अहिले सम्झनाको शव जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको छ तर शव राख्ने फ्रिज नभएका कारण शव कुहिएर गन्हाउन थालेको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु