Information is intelligence
HomeHealthरुसले बनाएको अढाई करोड कोरोना भ्याक्सिन नेपाल ल्याउने सम्झौता

रुसले बनाएको अढाई करोड कोरोना भ्याक्सिन नेपाल ल्याउने सम्झौता

- Advertisement -spot_img

मस्को। असोज १३  रुसले बनाएको कोरोना विरुद्धको अढाई करोड भ्याक्सिन नेपाल ल्याउने सम्झौता भएको छ। रुसी राष्ट्रिय सम्पत्ति कोषले ट्रिनिटी फार्मस्युटिकल्स मार्फत सो संख्यामा भ्याक्सिन पठाउने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।  रुसमा बनाइएको उक्त भ्याक्सिन परीक्षणकै क्रममा रहेपनि रुसले विश्व स्वास्थ्य सङ्गठनमा दर्ता गराइसकेको छ।  

रुसका राष्ट्रपति भ्वादिमिर पुटिनकी छोरीलाई पनि उक्त भ्याक्सिन परीक्षण गरिएको समाचारले यसले अहिले विश्वमा चर्चा पाइरहेको छ।  रुसको स्पुतनिक-भी भ्याक्सिन नेपालमा आपूर्ति गर्ने सम्झौता भएको बताइएपनि कहिले आउने भन्ने बारे मिति तय भइसकेको छैन।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु