Information is intelligence
HomeScience & Technologyअमेजनले ल्यायो चोर लखेट्ने ड्रोन

अमेजनले ल्यायो चोर लखेट्ने ड्रोन

- Advertisement -spot_img

आउँदो वर्ष प्रवर्तन गर्नेगरी अमेजनले ल्याएको ड्रोनले घरको पूर्ण सुरक्षा गार्डको रूपमा कार्य गर्नेछ। $२५० पर्ने यो ड्रोनले घरमा कतै झ्याल खुला भए, ग्याँस ओन छ भने चेतावनी दिन्छ भने घरमा जबर्जस्ती घुस्न खोज्ने चोरलाई पिछा गर्न पनि मद्दत गर्छ।

अमेजनक अनुसार उक्त ड्रोनले तपाईंको घरमा कुनै गतिबिधी भएमा आफ्नो स्थानबाट उढेर तपाईंलाई त्यस गतिबिधी माथि निरिक्षण गर्न सघाउँछ।

त्यसैगरी ड्रोनको स्वामित्व भएका घरबेटीको मार्गदर्शनमा, ड्रोनलाई विभिन्न परिस्थितीमा परिचालन गर्न सकिन्छ। उक्त ड्रोन-क्यामेरा सम्बन्धी ट्रेलरमा एक व्यक्तिले ड्रोनको प्रयोग चोरलाई भगाउन पनि गरेको देख्न सकिन्छ।

घरभित्र उढेर विडिओ रेकोर्ड गर्ने, सुचना बटुल्न सक्ने यस किसिमको ड्रोन क्यामराले भने युनाइटेड स्टेट्सको फेडेरल कम्युनिकेसनस् कमिसनबाट  अहिले सम्म अनुमती पाएको छैन।

अमेजनको लक्ष्य अनुसार भने उनिहरुले २०२१ देखी अमेरिकामा $२५० मा बिक्री सुरु गर्नेछन्। युनैटेड किङ्डममा पनि यो क्यामराले वितरण स्विक्रित नपाएको देखिन्छ।

गोपनियता र डाटा सम्बन्धी जनचासोलाई मध्यानजर गर्दै अमेजनले, ” यस ड्रोनले उढी रहेको बेला मात्रै रेकर्ड गर्ने र उढेको सममा एक किसिमको आवाज निकाल्ने छ जस्को कारण घरमा रहेका सबैले यसले रेकर्डिङ सुरु गरेको जान्न सक्नेछन्” भनी प्रस्ट पारेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु