Information is intelligence
HomeEconomyजनरल इन्सुरेन्सको आइपीओ भर्ने आज अन्तिम दिन

जनरल इन्सुरेन्सको आइपीओ भर्ने आज अन्तिम दिन

- Advertisement -spot_img

जनरल इन्सुरेन्सको आइपीओमा आवेदन दिने आज बुधबार (असोज १४ गते) अन्तिम दिन हो ।यसमा मंगलबार साँझसम्ममा १ अर्ब ९१ करोड ६१ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार मंगलबार साँझ ५ बजेसम्म ६ लाख ८१ हजार ३७३ जनाले १ करोड ९१ लाख ६१ हजार ९९० कित्ताको लागि आवेदन दिएका हन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २७ लाख ३० हजार कित्तालाई आधार मान्दा ७.०१ गुणा बढी आवेदन हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु