Information is intelligence
HomeSportsलगातार तेस्रो जितको खोजीमा राजस्थान रोयल्स

लगातार तेस्रो जितको खोजीमा राजस्थान रोयल्स

- Advertisement -spot_img

एजेन्सी । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी क्रिकेटअन्तर्गत आज (बुधबार) राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गर्दै छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ ।

आज हुने खेलमा राजस्थान तेस्रो जितको खोजीमा हुनेछन् । लिगको तेस्रो खेल खेल्न लागेको राजस्थान आजको खेलमा सहज जित निकाल्ने योजनमा छ । पहिलो खेलमा चेन्‍नई सुपर किङ्सलाई १६ रनले हराएको राजस्थानले दोस्रो खेलमा किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले हराएको थियो ।

लगातार दुई खेलमा जित निकालेको राजस्थानलाई आजको खेलमा पनि जितको अपेक्षा हुनेछ । किनभने लिगमा बलियो बन्‍न आजको खेलमा पनि राजस्थानलाई जितको आवश्यक हुनेछ ।

यता चौथो खेल खेल्न लागेको पन्जाब एक खेलमा जित निकाल्दा दुई खेलमा पराजित भएको छ । पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको पन्जाब दोस्रो खेलमा रोयल्स च्यालेन्जर्स बैंगलोरविरुद्ध ९७ रनको फराकिलो जित निकालेको थियो ।

पन्जाबलाई लिगमा बलियो बन्‍न आजको खेलमा पनि जित निकाल्नुपर्नेछ । त्यसैले पन्जाब आजको खेलमा कुनै किसिमको गल्ती नदोहोर्‍याउने योजनामा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु