Information is intelligence
HomeEconomyसुनको मूल्य पुन : वृद्धि

सुनको मूल्य पुन : वृद्धि

- Advertisement -spot_img

नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु ९०० ले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला रु ५०० ले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० तोकेको छ । मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० थियो । यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रु १५ ले वृद्धि भई एक हजार १९० पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु