Information is intelligence
HomeCulture & Religionसुनिन छाड्यो सारङ्गीको धुन

सुनिन छाड्यो सारङ्गीको धुन

- Advertisement -spot_img

सारङ्गीलाई रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई लोभ्याउँछ ।  सारङ्गीको धुनसँगै गन्धर्व जातिले सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन थियो ।  त्यो  सुमधुर सारङ्गी धुन आजभोलि गाउँ तथा शहरी क्षेत्रमा विस्तारै सुनिन छाडेको छ ।

रम्भा गाउँपालिका–५ ताहँुका भीमबहादुर गन्धर्व अपमान र छुवाछूतकै कारण गन्धर्व जातिका युवा यो पेशाबाट विस्थापित भएको बताउनुहुन्छ । गीतसङ्गीतमा सारङ्गीको भूमिका निकै रहे पनि अहिले यो नेपाली लोकबाजा बजाउने मानिसको अभाव देखिएको छ ।

सारङ्गी बजाउनेहरु अन्य पेशाव्यवसायमा लागेपछि यो पेशा नै धरापमा परेको छ । सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक कारण गन्धर्व जातिका मानिस यो पेशाबाट वर्षेनी विस्थापित हुनुपरेको पीडा छ । युवा पुस्ता आफूले अँगालेको पेशामा आम्दानी र सम्मानसमेत चाहन्छ  तर त्यसको अभावमा युवा पुस्ता अन्य पेशा व्यवसायमा आकर्षित हुँदै जाँदा सारङ्गी बजाउने पेशा नै सङ्कटमा परेको उनि बताउछन्।

ताहुँका जगतबहादुर गन्धर्व सारङ्गी बाजा नेपालको राष्ट्रि«यतासँग सम्बन्ध जोडिए पनि यस पेशामा आबद्धलाई सम्मानको खाँचो रहेको बताए। नेपालमा सूचना प्रविधिको विकास हुनुअघि सञ्चारको भरपर्दो माध्यम सारङ्गी मानिन्थ्यो । अहिले सूचना प्रविधिको विकास र प्रयोगले यस बाजाको महत्वमा कमी आएको छ । नेपाली मौलिक लोकबाजाका रुपमा परिचित सारङ्गी  संरक्षणमा युवाको चासो बढाउन आवश्यक रहेको उनि बताउछन्।

गन्धर्व जातिको पुख्र्यौली पेशा नै सारङ्गी वादन हो । गन्धर्व जातिको पुख्र्यौली पेशा लोप हुनाका कारण सामाजिक, सांस्कृतिक व्यवस्था नै बाधक बनेको तर्क जगत गन्धर्वको  छ । रम्भा गाउँपालिका ताहुँकी शोझा रञ्जन गन्धर्व कला र गलामा धनी भए पनि राष्ट्रियस्तरमा सम्मान पाउन नसकेकामा गुनासो पोक्छन।  सारङ्गी बजाउन नयाँ पुस्तालाई आकर्षित गर्न आवश्यक रहेको उनको जोड छ । यसका लागि सरकारले सारङ्गी सम्बन्धी तालीम तथा प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको उनले बताए।

विसं २०६८ को जनगणनानुसार तानसेनमा ९८ पुरुष र ९५ महिला गरी कुल १९३, रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा ११ महिला र ११ पुरुष तथा रम्भाको ताहँुमा आठ पुरुष र १९ महिला गन्धर्व बसोबास गर्दै आएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु