Information is intelligence
HomeCulture & Religionमैथिली भाषालाई विश्वव्यापी बनाउन एपको विकास

मैथिली भाषालाई विश्वव्यापी बनाउन एपको विकास

- Advertisement -spot_img

जनकपुर | एक जना अभियन्ताले मैथिली ‘ट्युटर’ नामक एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी गरेका छन् ।

बन्दाबन्दीका अवधिमा अभियन्ता अभिनव झाले सो एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी बनाउन सफल भएका हुन् । अभियन्ता झा सप्तरी जिल्लाको राजविराज नगरपालिकाका हुन् । अस्ट्रेलियाको लाँ ट्रो विश्वविद्यालयबाट दूरसञ्चार र नेटवर्क इञ्जिनीयरिङमा एमई गरी भारतको एउटा कम्पनीमा कार्यरत रहेका उनी बन्दाबन्दीका कारण घरबाटै कार्य सम्पादनका क्रममा सो एपको विकास गरेका हुन् ।

मैथिली ट्युटर नामक एपबाट मैथिली भाषा सजिलै सिक्नसक्ने विशेषता रहेको छ भने यसबाट मैथिली भाषीलगायत अन्य भाषीसमेत मैथिली भाषा सिक्न सकिनेछ । अभियन्ता झा भन्छन्, “आफू अस्ट्रेलियामा अध्ययन गरे पनि मैथिली भाषाप्रतिको अगाध आस्था र पारिवारिक सदस्य एवं समाजको सहयोग एप विकासका लागि उत्प्रेरित गरेको हो ।” एपमा मैथिली भाषाको ऐतिहासिकताबाट प्रारम्भ गरी पाँच अध्यायमा भाषा बोल्ने र सिक्ने सीप र अभ्यासको विकास गरिएको छ ।

अभियन्ताका आमा आरती झा अभिनव मैथिलीे भाषाको एप विकासले विश्वभरि पुर्याउनमा सफलता पाएकामा आफू गौरव महसुस गरिरहेको बताछिन । अडियो, भिडियो, ग्राफिक्स र एनीमेशनको सहयोगले १५ दिनमा विकास गरिएको यस एपलाई गुगल प्लेस्टोरबाट डाउनलोडगरी मैथिली भाषा सजिलै सिक्नसक्ने बताइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु