Information is intelligence
HomePoliticsनेपालमा बलात्कारकाे अवस्था चिन्ताजनक छैनःगृहमन्त्री थापा

नेपालमा बलात्कारकाे अवस्था चिन्ताजनक छैनःगृहमन्त्री थापा

- Advertisement -spot_img

गृहमन्त्री रामबहादुर थापा बादलले नेपालमा बलात्कारका घटनामा बृद्धि भएपनि विश्वका अरू देशकाे तुलनामा नेपालकाे अवस्था चिन्ताजनक नभएकाे बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा गृहमन्त्री थापाले नेपालमा दैनिक ६/७ जनाकाे बलात्कार हुने गरेकाे स्वीकार्दै घटना न्यूनिकरणका लागि सरकार प्रयत्नरत रहेकाे बताएका छन् ।

उनले विश्वका २०० भन्दा बढी देशहरूकाे अवस्था विश्लेषण गर्दा नेपाल पछाडिबाट टप १५ मा पर्ने बताए  । अमेरिकालगायत विकशित मुलुककाे अवस्था नेपालकाे भन्दा खराब रहेकाे भन्दै नेपालका अवस्था चिन्ताजनक नभएकाे थापाले बताएका हुन्।

समग्रमा अवस्था चिन्ताजनक नभएपनि नेपालले आफ्नाे स्थिति बदल्न जरूरत छ भन्नेमा सरकार स्पष्ट रहेकाे बताए ।

निर्मला पन्त हत्याकाण्डकाे दाेषीलाइ कारबाही गर्न ढीला भएकाे स्वीकार्दै उनले सरकार याे विषयमा पनि गम्भीर रहेकाे बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु