Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा १५५९ जनामा कोरोना सङ्क्रमण, उपत्यकामा ९०२

पछिल्लो २४ घण्टामा १५५९ जनामा कोरोना सङ्क्रमण, उपत्यकामा ९०२

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा नेपालमा थप  १५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७७ हजार ८१७ जना पुगेको छ ।

काठमाडौं उपत्यकामा ९०२ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ६९७, भक्तपुरमा ९३ र ललितपुरमा ११२ जना संक्रमित भएका  छन्।

पछिल्लो २४ घण्टामा १०५७ जना सङ्क्रमित निको भएका छन् । हालसम्म ५६ हजार ४२८ जना कोरोना भाइरसबाट मुक्त भएका छन् ।  देशभर २० हजार ८९१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४९८ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु