Information is intelligence
HomeSportsफेरी अर्को उपाधि बायर्न म्युनिखलाई

फेरी अर्को उपाधि बायर्न म्युनिखलाई

- Advertisement -spot_img

बायर्न म्युनिखले जर्मन सुपर कप फुटबलको उपाधि जितेको छ ।

बुधबार राति भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्दी बोरुसिया डर्टमण्डलाई ३-२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

बायर्नलाई  उपाधि दिलाउन कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुवा किमिचले एक एक गोल गरे ।

डर्टमण्डका जुलियन ब्रान्ड र एर्लिङ हालान्डले एक एक गोल फर्काए ।

बायर्नको यो सिजनको दोस्रो उपाधि हो । यसअघि बायर्नले दुई साताअघि स्पेनिस क्लब सेभियालाई २–१ ले पराजित गर्दै युइएफए सुपर कपको उपाधि जितेको थियो ।

घरेलु मैदानमा खेलको १८ औं मिनेटमा टोलिसोको गोलबाट बायर्नले अग्रता लिएको थियो । खेलको ३२ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

खेलको ३९ औं मिनेटमा डर्टमण्डका ब्रान्डले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए । ५५ औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमण्डलाई २-२ गोलको बराबरीमा ल्याए ।

तर, खेलको ८२ औं मिनेटमा किमिचले गोल गर्दै बायर्नलाई ३-२ जित दिलाए ।

यससँगै बायर्नले सिजनको पहिलो उपाधि जितेको छ । यस्तै बायर्नले आठौं पटक सुपर कपको उपाधि जितेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु