Information is intelligence
Home7D7Pप्रदेश ५ विशेष खबर २०७७-०६-१५ (७ दिन ७ प्रदेश) | बिहिबार

प्रदेश ५ विशेष खबर २०७७-०६-१५ (७ दिन ७ प्रदेश) | बिहिबार

- Advertisement -spot_img

सत्य र निष्पक्ष खबरकाे स्तरीय प्रशारण दरबार टाइम्स सात दिन सात प्रदेश अन्तर्गत आज बिहिबार प्रदेश नम्बर ५ काे विगत एक हप्तामा भएका खबरहरूमध्ये विशेष खबरलाई प्रस्तुत गरेका छाैँ ।

तस्करी बढेको भन्दै पश्चिम नवलपरासीमा हरियो केराउ ओसारपसारमा रोक

पश्चिम नवलपरासीका सीमावर्ती नाका हुँदै भारततर्फ तस्करी बढेपछि जिल्ला सुरक्षा समितिले हरियो केराउ ओसारपसार र ढुवानीमा प्रतिबन्ध लगाएको छ । प्रहरीले हरेक दिन नाकाबाट केराउ बरामद गर्दा पनि लुकीछिपी भारत पुर्‍याइन थालेपछि समितिले यस्तो निर्णय गरेको हो ।

सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद र अजिङ्गरको उद्धार

सशस्त्र प्रहरीले अवैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान र काठ बरामद गरेको छ ।सशस्त्र प्रहरीका अनुसार बरामद सामान र काठ गरी मुल्य रु ४० हजार ४ सय ४० बराबरको छ ।

नारायणीको बाढीले गैँडाको बच्चा बगायो

नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा (केटो) बगाएको छ।निकुञ्जको दूर्गम क्षेत्र मानिने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँपालिकाको सिमाना भेलौजीबाट नदीले केटोलाई बगाएको हो।

गुल्मीमा कोरोनाको बहानामा तेब्बर भाडा लिदै सवारीधनी

लामो समयको बन्दाबन्दीपछि लामो तथा छोटो दुरीका सवारीसाधन चल्न थालेका छन् । कोरोना भाइरसको बहाना बनाएर गुल्मीमा यात्रुबाट मनपरी भाडा असुली गरिएको छ । गुल्मीको सदरमुकाम तम्घासबाट गाउँ जाने गुल्मी यातायात सहितका सवारीसाधनले दोब्बर भाडा उठाइरहेको यात्रुहरुले गुनासो गरेका छन् ।

अर्घाखाँचीमाख डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीको समर्थन प्रदर्शन भएको छ।
हामी स्वतन्त्र युबाहरुको आयोजनामा सन्धिखर्कको शन्ती बगैचामा चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीको समर्थन प्रदर्शन भएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु