Information is intelligence
HomeSportsराष्ट्रिय क्रिकेट टिमका खेलाडीको वर्गीकरण परिमार्जन हुने

राष्ट्रिय क्रिकेट टिमका खेलाडीको वर्गीकरण परिमार्जन हुने

- Advertisement -spot_img

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्रयाक्टमा परेका राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गर्ने भएको छ ।

पछील्लो समय क्यानले गरेको खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएको थियो । गत असोज ६ गते भरतपुरमा बसेको क्यानको बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरणलाई पारित गरेको थियो । तर, संघका कोषाध्यक्ष रोशन कुमार सिंहको नेतृत्वमा रहेको समितिले बनाएको वर्गीकरणको चौतर्फी विरोध भएको थियो ।

क्यानले खेलाडी वर्गीकरण निर्धारण समितिलाई टिमका कप्तान, प्रशिक्षकसँग छलफल गरेर सुझावसहितको नयाँ वर्गीकरण प्रतिवेदन बोर्ड बैठकमा पेश गर्न निर्देशन दिएको छ ।

क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले वर्गीकरणमा भएको निर्णय पुनर्विचार गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु