Information is intelligence
HomeLoksewaलाेकसेवाकाे नक्कली परीक्षा सञ्चालन गर्ने पक्राउ

लाेकसेवाकाे नक्कली परीक्षा सञ्चालन गर्ने पक्राउ

- Advertisement -spot_img

जिल्ला प्रहरी कार्यालय पर्साले लाेकसेवा आयाेगकाे नक्कली परीक्षा लिने एकजनालाई पक्राउ गरेकाे छ ।

बारा जिल्ला जितपुर सिमरा , १९ का अजयकुमार रायलाई प्रहरीले बुधबार पर्साकाे विरगञ्जमा अनुसन्धान विभागको इन्सपेक्टर, असई, सूचक र खरिदारको परीक्षा लिइरहेकाे बेला पक्राउ गरेकाे हाे ।

विरगञ्जकाे देव पार्टी प्यालेसमा आफैँ प्रहरीके भेषमा उपस्थित भएर आफ्नै राेहबरमा परीक्षा सञ्चालन गरिरहेकाे अवस्थामा गाेप्य सुचनाका आधारमा पर्सा प्रहरी कार्यालयकाे सिविल टाेलीले रायलाई पक्राउ गरेकाे पर्सा प्रहरी कार्यालयले जनाएकाे छ ।

उनले आफू इन्सपेक्टरसमेत रहेकाे भन्दै विभिन्न व्यक्तिलाई जागिर लगाइदिने भन्दै प्रलाेभनमा पारेर पैसामेत कुम्ल्याएकाे प्रहरीकाे भनाइ छ ।

उनले उक्त परीक्षा लिनलाई विगत ९ महिनादेखि तयारी गरिरहेकाे प्रहरीमा बयानकाे क्रममा रायले बताएका छन्  ।

उनकाे कर्तुतकाे अनुसन्धान भइरहेकाे र थप अन्य विवरणहरू पनि सार्वजनिक हुनसक्ने पर्सा प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु