Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा नेपालमा १९ सय ११ जनामा कोरोना भाइरस संक्रमण...

पछिल्लो २४ घण्टामा नेपालमा १९ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, उपत्यकामा मात्र ९४३

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा नेपालमा  १९ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।  योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७२८ पुगेको छ।

काठमाडौं उपत्यकामा मात्र ९४३ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ८१७ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ६८ जना संक्रमित थपिएका हुन्।

२४ घण्टामा ९६१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५७ हजार ३८९ पुगेको छ। यो कुल संक्रमितको ७१ दशमलव ९ प्रतिशत हो।

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५ सय ९ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु