Information is intelligence
HomeSportsआइपीएलमा मुम्बइ इन्डियन्सको दोस्रो जीत

आइपीएलमा मुम्बइ इन्डियन्सको दोस्रो जीत

- Advertisement -spot_img

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बइ इन्डियन्स विजयी भयो । मुम्बइले पञ्जावलाई ४८ रनले पराजित गरेको हो । चार खेल खेलेको मुम्बइको यो दोस्रो जीत हो ।

युएईको आबुधावीस्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा चार विकेट गुमाउएर १ सय ९१ रन बनायो । जसका लागि कप्तान रोहित शर्माले ७० रन बनाए । यसैगरी कायरन पोलार्डले ४७ रन बनाउँदा हार्दिक पाण्ड्याले ३० रन जोडे ।

जवाफमा पञ्जावले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्रै बनाउन सक्यो । जसका लागि निकोलस पुरनले ४४ रन जोड्नुबाहेक अन्य कुनैपनि ब्याट्सम्यान चल्न सकेनन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु