Information is intelligence
HomeUncategorizedकुखुरापालनमा बढ्न थाले कृषक

कुखुरापालनमा बढ्न थाले कृषक

- Advertisement -spot_img

डोटी | पछील्लो समय जिल्लामा स्थानीय जातको कुखुरापालन गर्ने कृषक बढेका छन् । यहाँका मुख्य बजारमा स्थानीय (लोकल) कुखुराको माग बढ्दै गएपछि कृषक व्यावसायिकरूपमै स्थानीय जातका कुखुरापालनमा आकर्षित हुन थालेका छन् । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सुरज विकले बजारमा स्थानीय कुखुराको माग देखेरै कुखुरापालनमा लागेको बताए । उनले रु पाँच लाख लगानी गरी २०० चल्ला राखेर कुखुरापालन व्यवसाय शुरु गरेको जानकारी दिए । उनले भने, “बजारमा लोकल कुखुराको माग पनि बढेको छ, बोइलर कुखुराले बजारमा लोकल कुखुरा लोप हुन थालेकाले पनि मैले उक्त व्यवसाय शुरु गरेको छु ।”

जिल्लाका प्रमुख बजारमा स्थानीय जातको कुखुरा प्रतिकिलो रु ५५० मा फार्मबाटै जिउँदो बिक्री वितरण हुने गरेको शिखर नगरपालिका–२ का अर्का कुखुरा व्यवसायीले बताए । जिल्लामा निजी तथा सरकारी अनुदानको रकमबाट कम्तीमा पनि एक दजर्नभन्दा बढी स्थानीय जातका कुखुरापालनका लागि व्यावसायिक फार्महरु खुलेका छन् । बोइलर कुखुराका कारण जिल्लामा स्थानीय जातका कुखुरा लोप हुँदै जान थालेपछि यहाँको प्रदेश सरकार पशुपक्षी विकास विभागको सहयोगमा जिल्लामा कुखुरापालन व्यवसायीका लागि अनुदान दिन थालेपछि कुखुरा व्यवसायी बढ्न थालेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारले युवा व्यवसायीलाई प्रोत्साहन गर्न भन्दै विभिन्न युवालक्षित कार्यक्रम, बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ऋण र लगानीका कार्यक्रम ल्याए पनि कार्यान्वयन प्रक्रियामा भने झन्झट रहेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका अर्का कुखुरा व्यवसायीले गुनासो गरेकाछन् ।

सदरमुकाम आसपास र राजमार्ग क्षेत्रमा पछिल्लो समय युवा उद्यमी स्थानीय जातको कुखुरापालन आकर्षित हुने क्रम बढ्दै गएको कार्यालयले जनाएको छ । राजमार्ग क्षेत्रमा स्थानीय जातका कुखुराको मासुका परिकार पाइने होटलको सङ्ख्या पनि बढिरहेको अत्तरिया–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गको गैराका स्थानीयले बताए ।

मुख्य गरी प्रदेश सरकारले लोकल कुखुरापालनमा अनुदान दिन थालेपछि जिल्लाभरिमा व्यावसायिकरूपमा स्थानीय जातका कुखुरापालनतर्फ व्यवसायीको आकर्षण पनि बढ्दै गएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताए । उनले भने, “युवा उद्यमीलाई लक्ष्य गरेर प्रदेश सरकारले लोकल कुखुरापालनका लागि ऋण अनुदान दिएपछि कुखुरा व्यवसायी बढेका हुन् ।” दिपायल सिलगढी र शिखर नगरपालिकाका साथै जोरायल, बडिकेदार, केआइसिंह, बोगटान फुड्सिल, आदर्श, सायल तथा पूर्वीचौकी गाउँपालिकाका विभिन्न स्थानमा व्यावसायिकरूपमै धमाधम लोकल कुखुरापालन व्यवासाय गर्न थालिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु