Information is intelligence
HomeSportsरोबर्ट लेवान्डोस्कीलाई ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड, कसले कसले हात पारे...

रोबर्ट लेवान्डोस्कीलाई ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड, कसले कसले हात पारे बाँकी अवार्ड ?(फोटो सहित )

- Advertisement -spot_img

जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् ।

सन् २०१९/२० को सिजन उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका हुन् ।

लेवान्डोस्कीले मनोनयनमा परेका म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएन, बायर्नकै गोलकिपर मानुएल नुएर पछि पार्दै अवार्ड जितेका हुन् ।

लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नले गत सिजन मुख्य तीन उपाधि जितेको थियो ।

बायर्नले बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप जितेको थियो । यस्तै यूईएफए सुपर कप र जर्मन कप समेत बायर्नले जितेको थियो । जसमा लेवान्डोस्कीको भूमिका महत्वपूर्ण रहेको थियो ।

गत सिजन लेवान्डोस्कीले लिगमा ३४ गोल गरेका थिए । यस्तै च्याम्पियन्स लिगमा लेवान्डोस्कीले १५ गोल गरेका थिए ।

लेवान्डोस्कीले ‘फरवार्ड अफ दि सिजन’ अवार्ड समेत जिते ।

बायर्नकै जोसुवा किमिचले डिफेन्डर अफ दि इयर अवार्ड जित्दा गोलकिपर अफ दि इयर अवार्ड बायर्नकै म्यानुएल नुएरले जिते ।

मिडफिल्डर अफ दि इयर अवार्ड भने म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएनले हात पारे ।

प्रशिक्षक अफ दि इयर अवार्ड पुरुषतर्फ बायर्नका हान्सी फ्लिक र महिलातर्फ लियोनका जान लुक भासेरले हात पारे ।

महिलातर्फ ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड वल्फ्सबर्गका पेर्निल हार्डरले जितिन् ।

यस्तै उत्कृष्ट गोलकिपर सारा बुहाद्दी , उत्कृष्ट डिफेन्डर वेन्डी रेनार्ड, उत्कृष्ट मिडफिल्डर जेनिफर मारोज्सान र उत्कृष्ट फरवार्ड पेर्निल हार्डरले जितिन् ।

चेल्सी तथा आइभरी कोस्टका पूर्व फरवार्ड डिडियर ड्रोग्बालाई यूईएफए प्रेसिडेन्ट अवार्ड प्रदान गरियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु