Information is intelligence
HomePoliticsनेकपा सचिवालय बैठक शनिवार बस्ने

नेकपा सचिवालय बैठक शनिवार बस्ने

- Advertisement -spot_img

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिवार ४ बजेका लागि बोलाइएको छ। अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको आजको भेटपछि बैठक शनिवारका लागि तय भएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए।

बैठकमा मन्त्रिपरिषद पुनर्गठन, राजनीति नियुक्तीलगाएतका विषय एजेण्डाका रुपमा तय भएको उनको भनाई छ। ‘पछिल्लो समय देखिएका समस्या, मन्त्रिपरिषद र नियुक्तिका विषयमा केन्द्रित हुन्छ बैठक,’ उनले भने।

राजदूत र मुख्य सचिव नियुक्तिमा प्रचण्डले असहमति जनाएकाले नेकपाको विवाद बढ्ने देखिएको छ। पछिल्लोपटक पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गरेसँगै मन्त्रिपरिषद् पुनर्गठनबारे बहस चलेको हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु