Information is intelligence
HomeSportsराष्ट्रिय खेलकुद परिषद्ले क्यान संग माग्यो स्पष्टीकरण

राष्ट्रिय खेलकुद परिषद्ले क्यान संग माग्यो स्पष्टीकरण

- Advertisement -spot_img

राष्ट्रिय खेलकुद परिषद्‌ले नेपाल क्रिकेट संघ (क्यान) लाई स्पष्टीकरण सोधेको छ।

राष्ट्रिय क्रिकेट खेलाडीहरूको वर्गीकरणको आधार र वर्गीकरणमा नपर्नको कारण खुलाउँदै ७ दिन भित्र स्पष्टीकरण पेश गर्न क्यानलाई खेलकुद परिषद्ले भनेको छ।

खेलकुद परिषद्ले क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई स्पष्टीकरण पेश गर्ने भन्दै बिहीबार इमेलमार्फत पत्र पठाएको हो।

गत असोज ६ गते चितवनको भरतपुरमा भएको क्यानको बोर्ड बैठकले राष्ट्रिय खेलाडी वर्गीकरणको प्रतिवेदनलाई अनुमोदन गरेको थियो।

वर्गीकरणमा राष्ट्रिय टिमबाट खेलेका खेलाडी पनि छुटेका थिए भने कतिपय खेलाडीको वर्गीकरणमा विभेद देखिएको थियो। वर्गीकरणमा त्रुटी भएपछि क्यानको आलोचना भएको थियो।

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) र विभिन्न क्रिकेट खेलाडीले क्यानको वर्गीकरण चित्त बुझ्दो नभएको भनी खेलकुद परिषद्मा निवेदन दर्ता गराएका थिए।

आलोचना भएपछि क्यानले खेलाडीको वर्गीकरणका लागि राष्ट्रिय टिमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग छलफल गर्न वर्गीकरण समितिलाई बिहीबार निर्देशन दिएको थियो।

कोषाध्यक्ष रोशनकुमार सिंह, अमितविर पाण्डे र दुर्गाराज पाठकको समितिले खेलाडीको वर्गीकरण गरेको थियो।

अब फेरि सोहि समितिलाई राष्ट्रिय टिमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग छलफल गरेर आगामी बोर्ड बैठकमा नयाँ वर्गीकरण पेश गर्न निर्देशन दिएको अध्यक्ष चन्दको भनाइ छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु