Information is intelligence
HomeInternationalराहुल र प्रियंकासहित झण्डै दुई सय जना विरुद्ध मुद्दा

राहुल र प्रियंकासहित झण्डै दुई सय जना विरुद्ध मुद्दा

- Advertisement -spot_img

एएनआई | भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झण्डै दुई सय जना विरुद्ध मुद्दा लगाइएको छ ।

भारतीय दण्ड संहिता उलंघन गरेको आरोप लगाउँदै उनिहरुका विरुद्धमा मुद्दा दायर गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  गौतमबुद्ध नगर प्रहरीले गान्धीद्वय र अरु दुई सय जनाले दण्ड संहिताको धारा १८८, २६९ र २७० को उलंघन गरेको दावी गरेको छ ।

यसअघि संहिता उल्लंघन गरेकै आरोपमा उनीहरुलाई उत्तर प्रदेश प्रहरीले यमुना द्रुतमार्गबाट बिहीबार गिरफ्तार गरेको थियो । सामुहिक बलात्कारपछि हत्या गरिएकी बालिकाका परिवारजनलाई भेट्न उनको घर हथ्रासतर्फ गइरहेका बेला उनिहरुलाई गिरफ्तार गरिएको हो । बलात्कार पीडितको मंगलबार उपचारकै क्रममा दिल्लीको सफदरजङ अस्पतालमा निधन भएको थियो ।

गत सेप्टेम्बर २९ तारिखका दिन सामूहिक बलात्कारपछि हत्या गरिएकी ती बालिकाको घर रहेको हथ्रासतर्फ गइरहेका बेला उनिहरुको सवारी साधनलाई प्रहरीले रोकेपछि उनिहरु हिँडेरै त्यसतर्फ लागेपछि प्रहरीले गिरफ्तार गरेको हो । प्रहरीले अवरोध गरेर गिरफ्तार गरेपछि उनिहरुले आक्रोशित हुँदै प्रश्न गरेका थिए, “के यो मुलुकमा मोदीजी मात्रै हिँड्न पाउने व्यवस्था छ ?” उनले भारतमा सामान्य मान्छेहरु हिँड्न पनि नपाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

नेता गान्धीले आफूलाई प्रहरीले जबरजस्ती समातेर लाठीचार्ज गरेको, भुइँमा लडाएको र धकेलेको आरोप पनि लगाएका छन् । उनले आफ्ना सवारी साधनहरु रोकिएकाले आफूहरु हिँडेको भन्दै प्रहरीलाई आफूलाई हिँड्न दिन आग्रह गरेका थिए । “म एक्लै हथ्रासतर्फ हिँडेर जान चाहन्छु, कृपया मलाई हिँड्न दिनुस्, मलाई नरोक्नुस्, मलाई तपाईहरुले किन गिरफ्तार गर्दै हुनुहुन्छ ?,” उनले भनेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु