Information is intelligence
Home7D7Pकर्णाली प्रदेश विशेष खबर २०७७-०६-१६ (७ दिन ७ प्रदेश) | शुक्रबार

कर्णाली प्रदेश विशेष खबर २०७७-०६-१६ (७ दिन ७ प्रदेश) | शुक्रबार

- Advertisement -spot_img

सत्य र निष्पक्ष खबरकाे स्तरीय प्रशारण दरबार टाइम्स सात दिन सात प्रदेश अन्तर्गत आज शुक्रबार कर्णाली प्रदेशकाे विगत एक हप्तामा भएका खबरहरूमध्ये विशेष खबरलाई प्रस्तुत गरेका छाैँ ।

मोटरसाइकलमा ब्राउनसुगर ओसार्ने चार जना पक्राउ

मोटरसाईकलमा ब्राउन सुगर लुकाएर यात्रा गरिरहेका चार जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेका उनीहरुलाई प्रहरीले चेकजाँचको क्रममा भेरीगंगा नगरपालिका–५ बबईबाट पक्राउ गरेको हो ।

दैलेखमा विद्यार्थीकाे विषयलाइ लिएर शिक्षकहरुविच झडप

दैलेखमा दुई विद्यालयका शिक्षकहरुविच झडप भएको छ । नारायण नगरपालिका–६ रामपुरमा विद्यार्थीको विषयमा दुई विद्यालयका शिक्षकहरुविच झडप भएको हो ।विगतमा दैलेख मोडेल स्कुलमा अध्ययन गर्ने विद्यार्थी फुलवारी विद्या मन्दिरमा अध्ययन गर्न गएको र पुनः मोडेल स्कुलमा गएपछि शिक्षकहरुविच झडप भएको प्रहरीले जनाएको छ ।

सुर्खेतसहित तीन जिल्लाको विद्युत अवरुद्ध

सुर्खेतसहित जाजरको र दैलेखको विद्युत सेवा अवरुघ भएको छ । विद्युतको कोहलपुर–सुर्खेत ३३ केभी प्रशारण लाइनमा समस्या आएपछि विद्युत सेवा अवरुद्ध भएको हो ।प्रशारण लाइनको कुन ठाउँमा समस्या आयो भन्ने पत्ता नलागेकाले टोली पठाइएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले जनाएको छ ।

बाल यौन दुब्र्यवहार गर्ने महिला प्रहरीको नियन्त्रणमा

दैलेखको गुँरास गाँउपालिका –८ गर्चामा घर भएका १३ वर्षका बालकलाई सोही ठाउँमा बस्ने २६ वर्षकी महिलाले बाल यौन दुब्र्यवहार गरेको आफन्तले जनाएका छन् ।बाल यौन दुब्र्यवहार गरेको खवर प्रहरीलाई पुगेपछि निज महिलालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । महिलालाई बालबालिका सम्बन्धी कसुर (बाल यौन दुब्र्यवहार) शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालत दैलेखमा पठाएको प्रहरीले जनाएको छ । ११ गते अदालतबाट म्याद थप भएपनि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

सञ्चारकर्मी थापामाथि कुटपिट

सुर्खेतका सञ्चारकर्मी टेकराज थापामाथि अज्ञात समूहले बिहीबार राति कुटपिट गरेकाे छ । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरबाट प्रसारित प्रदेश एफएममा कार्यरत थापालाई उक्त समूहले रेडियाे नेपाल नजिकै कुटपिट गरेका हुन् ।
कार्यालयकाे काम सकिएर काेठा फर्किँदै गर्दा ६ जनाकाे समूहमा आएका व्यक्तिहरुले कुटपिट गरी घाइते बनाएका छन् । घाइते थापाकाे टाउकाे र शरीरका अन्य भागमा चाेट लागेकाे छ । मदिरा सेवन गरेर आएका व्यक्तिहरुले ढुंगामुडाले कुटपिट गरेकाे घाइते थापाले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु