Information is intelligence
HomeNews(प्रदेश ५) राजधानी प्रस्ताव गरिएको क्षेत्रमा जग्गा किनबेचमा रोक

(प्रदेश ५) राजधानी प्रस्ताव गरिएको क्षेत्रमा जग्गा किनबेचमा रोक

- Advertisement -spot_img

काठमाडौं – प्रदेश नम्बर ५ को राजधानी दाङको भालुवाङमा बनाउने निर्णय प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेसँगै उक्त क्षेत्रको जग्गा किनबेचमा रोक लगाइएको छ ।

प्रदेश नं. ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक सूचना जारी गर्दै दाङका २ र अर्घाखाँचीको एक क्षेत्रमा जग्गाको कारोबार गर्न रोक लगाएको हो ।

मन्त्रिपरिषदको कार्यालयले मालपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीमा पत्राचार गर्दै अर्को आदेश जारी नहुञ्जेलसम्मका लागि सो क्षेत्रमा जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको जनाएको हो ।

सूचनामा राप्ती गाउँपालिकाका पूरै क्षेत्र, गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा जग्गा किनबेचमा रोक लगाइएको जनाइएको छ ।

दाङको भालुवाङ प्रदेश ५ को राजधानी बनाउने निर्णय भएसँगै जग्गाको अभाव नहोस् तथा अस्वभाविक कारोबार नहोस् भनेर यस्तो निर्णय गरिएको बताइएको छ ।

source: khabarhub

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु