Information is intelligence
HomeInternationalबलात्कार-हत्या प्रकरण : युपीमा थुप्रै अधिकृत निलम्बित

बलात्कार-हत्या प्रकरण : युपीमा थुप्रै अधिकृत निलम्बित

- Advertisement -spot_img

भारतको उत्तर प्रदेशस्थित हाथरसमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारपछि हत्या प्रकरणमा जोडिएका  थुप्रै प्रहरी अधिकारीहरुलाई  पीडितप्रतिकाे भूमिका विवादित भएको भन्दै चौतर्फी आलोचना भएपछि मुख्यमन्त्री आदित्यनाथको निर्देशनमा अधिकांश अधिकृतलाई निलम्बन गरिएको  छ ।

सो घटनालाई लिएर राजधानी दिल्लीस्थित जन्तरमन्तरमा व्यापक विरोध प्रदर्शन भएपछि शुक्रबार साँझ मुख्यमन्त्री आदित्यनाथले यस्तो कदम चालेका हुन् ।

यस्तै आदित्यनाथले उत्तर प्रदेशमा महिलाहरुको सम्मान र स्वाभिमान बिगार्ने सोच राख्नेहरु पूरै नास हुने निश्चित भएको भन्दै चेतावनी दिए । उनले ट्वीटरमा लेखेका छन्, ‘उत्तर प्रदेशमा आमा–दिदी बहिनीहरुको सम्मान र स्वाभिमान बिगार्ने सोच राख्नेहरु पूरै नास हुने निश्चित छ । उनीहरुलाई यस्तो सजाय हुनेछ, जो भविष्यमा उदाहरणीय हुनेछ । तपाइँको उत्तर प्रदेश सरकार हरेक अभिभावकहरुको सुरक्षा र विकासका लागि प्रतिबद्ध छ ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु