Information is intelligence
HomeSportsसनराइजर्स हैदराबादको दोस्रो जित, चेन्नाई सुपर किंग्स पराजित

सनराइजर्स हैदराबादको दोस्रो जित, चेन्नाई सुपर किंग्स पराजित

- Advertisement -spot_img

सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दोस्रो जित निकालेको छ। शुक्रबार राति भएको खेलमा हैदराबादले चेन्नाई सुपर किंग्सलाई ७ रनले पराजित गरेको हो।

१६५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्रै बनाएपछि हैदराबादले रोमाञ्चक जित निकालेको हो। चेन्नाईका लागि कप्तान महेन्द्रसिंह धोनी र रविन्द्र जडेजाले ७२ रनको साझेदारी गरे पनि हारबाट जोगाउन सकेन। जडेजाले ३५ बलमा ५० रन बनाए।  त्यस्तै, कप्तान धोनीले अविजित ४७ रन बनाउँदा फाफ डु प्लेसिसले २२ र साम कुरनले १५ रन बनाए।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको हैदराबादले खराब सुरुवात गरेको थियो। तर अभिषेक शर्मा र प्रियम गर्गले ७७ रनको साझेदारी गरेपछि हैदराबादले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनायो। प्रियमले २६ बलमा अविजित ५१ रन बनाए। त्यस्तै अभिषेकले ३१, मनिष पाण्डेले २९ र डेविड वार्नरले २८ रनको योगदान दिए। बलिङतर्फ चेन्नाईका दीपक चाहारले २ विकेट लिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु