Information is intelligence
HomeSportsआज इन्डियन प्रिमियर लिग दुई खेल हुने

आज इन्डियन प्रिमियर लिग दुई खेल हुने

- Advertisement -spot_img

इन्डियन प्रिमियर लिग आन्तर्गत शनिबार दुई खेल हुँदैछन् । जसमा रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्स तथा दिल्ली क्यापिट्ल्स र कोलकाता नाइटराइडर्सले एक अर्काको सामना गर्नेछन् ।

नेपाली समय अनुसार दिउँसो पौने ४ बजे अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । आज दुवै टोली प्रतियोगिताको तेस्रो जितको खोजीमा हुनेछन् ।

त्यस्तै नेपाली समय अनुसार राति पौने ८ बजे सारजहा क्रिकेट मैदानमा हुने आजको दोस्रो खेलमा दिल्ली क्यापिट्ल्स र कोलकाता नाइटराइडर्स एक अर्काको आमने सामने हुनेछन् । यी टोली पनि तेस्रो जितको खेजीमा हुनेछन् ।

पहिलो खेलमा किंग्स ११ पञ्जाव र दोस्रो खेलमा चेन्नइ सुपर किंग्सलाई पराजित गरेको दिल्ली तेस्रो खेलमा सनराइजर्स हैदराबादसँग पराजित भएको थियो ।

घाइते भएर अघिल्ला दुई खेल गुमाएका स्पिनर रवीचन्द्रन आश्विनले आजको खेल खेल्ने सम्भावना छ । यदि उनले आजको खेल खेलमा अर्का अनुभवी स्पिनर अमित मिश्राको स्थान लिने छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु