Information is intelligence
HomeSportsमैदानमा जब थाके धाेनी , पराजित भयाे चेन्नइ

मैदानमा जब थाके धाेनी , पराजित भयाे चेन्नइ

- Advertisement -spot_img

शान्त मुहार आक्रामक खेलशैली र निर्णायक नेतृत्वका लागि महान खेलाडी हुन् महेन्द्रसिंह धाेनी ।

विश्वका सर्वश्रेष्ठ क्रिकेट खेलाडीकाे नाम लिने हाे भने भारतका पूर्व कप्तान महेन्द्रसिंह धाेनीकाे नाम अग्रपङ्तिमा नै आउँछ । यसमा केही सन्देह छैन । उनी भारतीय क्रिकेट इतिहासका सबैभन्दा सफल कप्तान र खेलाडीसमेत हुन् ।

जस्ताेसुकै दबाब किन नहाेस उनी खेललाई सहजै आफनाे पाेल्टामा पार्न माहिर मानिन्छन् । तर आइपिएल २०२० काे १४ औँ म्याचमा भने धाेनी खेलकाे क्रममा थकित देखिए । उनले याे म्याचमा खेल आफ्नाे पक्षमा पार्न दिलाेज्यानले प्रयार गरे तर जित दिलाउन भने असफल रहे ।

आइपिएलमा सबैभन्दा बढी खेल खेल्ने खेलाडीकाे रूपमा रेकर्ड राखेका धाेनीले  खेलमा ४७ रनकाे पारी खेलेपनि चेन्नइ सुपर किंग्स उक्त खेलमा ७ रनले सनराइजर्स हैदरावादसँग पराजित हुन पुग्याे ।

सँधै फिट एण्ड फाइन् देखिने धाेनी अबभने उमेरका कारण फिटनेसमा ध्यान दिन नसक्ने अवस्था आएकाे खेल जानकारहरू बताउँछन् । धाेनी यसैवर्ष ३९ वर्षका भएका छन् । उनले पछिल्लाे एक वर्षकाे अन्तरालमा कुनैपनि प्रतियाेगिता खेलेका छैनन् ।

आगामी वर्षकाे आइपिएलमा धाेनीलाई देख्न नपाइने हाे कि भनेर उनका फ्यानहरू भने अहिले देखि नै चिन्तित देखिन्छन् । आशा गराैँ धाेनीले उनका फ्यानहरूलाई उचित जवाफ दिनेछन् ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय