Information is intelligence
HomeNews(बुटवल) विभिन्न स्थान निषेधित क्षेत्र घोषणा, ५ जना भन्दा बढीको संख्यामा जम्मा...

(बुटवल) विभिन्न स्थान निषेधित क्षेत्र घोषणा, ५ जना भन्दा बढीको संख्यामा जम्मा हुन रोक

- Advertisement -spot_img

बुटवल । प्रदेश न ५ को नामाकरण र राजधानी सम्बन्धी प्रस्तावको विरोधमा बुटवलमा आन्दोलन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार एक सूचना जारी गर्दै १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ।

निषेधित क्षेत्र घोषण गरेको स्थानमा ५ जना भन्दा बढीको संख्यामा जम्मा हुन रोक लगाएको छ । प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ।

मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युतचोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन गर्न पाइनेछैन।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु