Information is intelligence
HomeTourismपर्यटकीय स्थलको प्रवद्र्धन गर्दै हाइकर्स क्लब नेपालको समूह हुडिकोटमा

पर्यटकीय स्थलको प्रवद्र्धन गर्दै हाइकर्स क्लब नेपालको समूह हुडिकोटमा

- Advertisement -spot_img

गण्डकी | ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’ भन्ने नाराका साथ पोखरा र आसपासका पर्यटकीय स्थलको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालको समूह शनिबार पोखरा महानगरपालिका–३३ भरतपोखरीको हुडिकोट पुगेको छ । हुडिकोटमा बढ्दो पर्यटकीय आकर्षणलाई थप उजागर गर्न हुडिकोटसम्मको हाइकिङ तय गरिएको क्लबका उपाध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायत हिमशृङ््खला तथा सेती नदी, सात तालको बगैँचा भनेर चिनिने लेखनाथ सहितको बृहत् पोखरा महानगर एकसाथ देख्न सकिने जनाइएको छ ।

हाइकिङकै क्रममा पोखरा महानगरपालिका–२१ स्थित फोक्सिङकोट र पोखरा–३३ स्थित जिब्रेढुङ्गा सामूदायिक होमस्टेको पनि अवलोकन गरिएको हो ।

हाइकर्सको समूहलाई स्वागत गर्दै पोखरा –३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले हुडिकोटलगायतका स्थलले धेरै पर्यटकीय सम्भावना बोकेको जनाउँदै यसकोे प्रवद्र्धन र विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

समाजसेवी अशोक रायमाझी, भरत रायमाझीलगायतले फोक्सिङकोटसहितका भू–भागबाट देखिने पोखरासहितको हिमाली दृश्यले जो कोहीलाई लोभ्याउने गरेको बताए । समुद्री सतहबाट एक हजार १४० मिटरको उचाइमा अवस्थित हुडिकोट नेपालका वाइसे चौवीसे राजाकै पालादेखि अस्तित्वमा आएको ऐतिहासिकस्थल रहेको यहाँका स्थानीयवासी बताउँछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु