Information is intelligence
HomeNewsलेक लागेर युवकको मृत्यु

लेक लागेर युवकको मृत्यु

- Advertisement -spot_img

सङ्खुवासभाको मकालु गाउँपालिका–२ याङ्लेखर्कमा लेक लागेर एक जनाको मृत्यु भएको छ । सदरमुकाम खाँदबारीबाट मकालु आधार शिविर घुम्न गएका खाँदबारी नगरपालिका –१ का २४ वर्षीय विवेक श्रेष्ठको मृत्यु भएको हो ।

श्रेष्ठको शिवधारा पुगेर फर्कने क्रममा बाटैमा स्वास्थ्य समस्या देखिएको थियो । उनको शुक्रबार बार राति सुतेकै स्थानमा मृत्यु भएको यात्रामा सहभागी खाँदबारी –३ का सुशील कार्कीले जानकारी दिए । सदरमुकाम खाँदबारीबाट यही असोज १२ गते  सात युवाको टोली बेस क्याम्पतर्फ लागेको थियो । श्रेष्ठसहितको टोली शिवधारा दर्शन गरिसकेर  मकालु बेस क्याम्प जाँदै गर्दा बाटैमा स्वास्थ्य समस्या देखिएपछि याङ्लेखर्कभन्दा केही तलको एक होटलमा उनलाई राखिएको यात्रामा सहभागी कार्कीले बताए ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले श्रेष्ठको लेक लागेर शुक्रबार राति सुतेकै स्थानमा मृत्यु भएको हुन सक्ने बताए । श्रेष्ठको  शव लिन मकालु बेस क्याम्प उडेको हेलिकप्टर खराब मौसमका कारण नै रोकिएको थियो । शनिबार घटनास्थलतर्फ उडेको हेलिकप्टर आज बिहान मात्रै शव  लिएर सदरमुकाम खाँदबारी आइपुगेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु