Information is intelligence
HomeNewsसर्वोच्चमा एकल इजलास मात्र सञ्चालनमा

सर्वोच्चमा एकल इजलास मात्र सञ्चालनमा

- Advertisement -spot_img

काठमान्डौ | सर्वोच्च अदालतले कोरोना भाइरस कोभिड–१९०का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ । केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजलास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिए ।

उनका अनुसार सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा रहनु भएको छ । सर्वोच्चमा एकल, संयुक्त र बृहत् इजलास सञ्चालन हुँदै आएका थिए । आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र अर्का न्यायाधीश डा मनोजकुमार शर्मा मात्र आएका छन् । न्यायाधीश डा शर्माको एकल इजलास मात्र सञ्चालनमा छ ।

सहप्रवक्ता दाहालले एकल इजलासबाट रिट निवेदन, प्रारम्भिक सुनुवाइ हुने खालका र नगरी नहुने निवेदनको मात्र सुनवाइ हुने जानकारी दिए । सर्वोच्च अदालतले जारी गरेको सूचनामा अदालतका न्यायाधीश, केही अधिकृत र कर्मचारी सङ्क्रमित हुनुभएको र सङ्क्रमित सबै होम क्वारेन्टिन, आइसोलेसनमा रहनुभएको जनाइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु