Information is intelligence
HomeSportsप्रिमियर लिग फुटबलमा आज ६ खेल

प्रिमियर लिग फुटबलमा आज ६ खेल

- Advertisement -spot_img

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) विभिन्न ६ खेलहरु हुँदैछ ।

प्रिमियर लिगमा आइतबार साविक विजेता लिभरपुल, म्यानचेस्टर युनाइटेड, आर्सनल, लेष्टर सिटी, टोटेनहम लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

लिभरपुलले सिजनको चौंथो खेलमा एस्टन भिल्लासँग खेल्नेछ । एस्टनको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२ बजे सुरु हुनेछ । घरेलु टोलिविरुद्ध लिभरपुल सहज जित निकाल्दै अपराजित रहने योजनामा हुनेछ । लिभरपुल एस्टनलाई हराएर लगातार चौथो जित निकाल्न चाहन्छ । अघिल्ला तीन खेलमा ३ जितसहित ९ अंकको जोडेको लिभरपुल तालिकाको तेस्रो स्थानमा रहेको छ ।

एस्टन भने घरेलु मैदानमा लिभरपुललाई हराएर तेस्रो जित निकाल्न चाहन्छ । एस्टन पनि अपराजित रहने योजनामा हुनेछ । २ खेलमा ६ अंक जोडेको एस्टन तालिकाको सातौं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै अर्को अपराजित टिम लेष्टरले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडको सामना गर्नेछ । खेल नेपाली समय अनुसार ४:४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा लेष्टर लगातार चौंथो जित निकाल्ने योजनामा हुनेछ । ३ खेलमा ९ अंक जोडेको लेष्टर दोस्रो स्थानमा रहेको छ । ३ खेलमा ३ अंक जोडेको वेस्ट ह्याम तालिकाको १२ औं स्थानमा रहेको छ ।

म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा अर्को बलियो टिम टोटेनहमसँग खेल्नेछ । खेल राति ९:१५ बजे सुरु हुनेछ । घरेलु मैदानमा युनाइटेड दोस्रो जितको खोजीमा हुनेछ ।

टोटेनहम पनि दोस्रो जित निकाल्न चाहन्छ । युनाइटेड ३ खेलमा ३ अंक जोडेर १३ औं स्थानमा रहेको छ । दशौँ स्थानको टोटेनहमले ३ खेलमा ४ अंक जोडेको छ ।

यस्तै आर्सनलले घरेलु मैदानमा सेफिल्ड युनाइटेडसँग खेल्नेछ । खेल नेपाली समय अनुसार ६:४५ बजे सुरु हुनेछ । सेफिल्डलाई हराएर आर्सनल तेस्रो जित निकाल्ने योजनामा हुनेछ । सेफिल्ड भने पहिलो जितको खोजीमा हुनेछ । आर्सनल ३ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै उल्भ्सले फुलहमसँग खेल्नेछ । त्यस्तै साउथह्यापटमले वेस्ट ब्रुमसँग खेल्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु