Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा २२ सय ५३ जना संक्रमित, उपत्यकामा १५९९

पछिल्लो २४ घण्टामा २२ सय ५३ जना संक्रमित, उपत्यकामा १५९९

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा २२ सय ५३ जना नयाँ संक्रमित थप भएको  छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८२३ पुगेको छ ।

काठमाडौं उपत्यकामा आइतबार थप १५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १३७३ जना, ललितपुरमा १८७ जना र भक्तपुरमा ३९ जनामा संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा १३ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।

यता, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ७ जनाको निधन भएको छ । योसँगै नेपालमा कुल ५३५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु