Information is intelligence
HomeSportsरियल तालिकाको शीर्ष स्थानमा, बार्सिलोनाले सेभियासंग अंक बाँढ्यो

रियल तालिकाको शीर्ष स्थानमा, बार्सिलोनाले सेभियासंग अंक बाँढ्यो

- Advertisement -spot_img

स्पेनिस ला लिग फुटबलमा बार्सिलोनाले सेभियासंग बराबरी खेल्दै अंक बाँडेको छ भने साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ ।

आईतबार राति बार्सिलोनाले सेभियासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । सेभियाका डी जोङले आठौं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसको दुई मिनेटपछि फिलिप कौटिन्होले गोल गर्दै बार्सिलोनाका लागि बराबरी गोल फर्काए । बार्सिलोनाले ३ खेलबाट ७ अंक जोडेर तालिकाको पाँचौ स्थानमा छ । सेभिया समेत ७ अंक सहित छैटौं स्थानमा छ ।

रियलले लेभान्टेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

लेभान्टेको मैदानमा रियललाई जित दिलाउन भिनिसियस जुनियर र करिम बेन्जिमाले एक एक गोल गरे ।

जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलले ४ खेलमा ३ जितसहित १० अंक जोडेको छ ।

ला लिगा अन्तर्गत नै अर्को खेलमा ओसासुनाले सेल्टा भिगोलाई २-० ले हराएको छ ।

यस्तै डिपोर्टिभो अल्भेसले एथ्लेटिक बिल्बाओलाई १-० ले हराएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु