Information is intelligence
HomeAMKआजकाे मुख्य खबर | २०७७-०६-१९ | Head News | Durbar Times

आजकाे मुख्य खबर | २०७७-०६-१९ | Head News | Durbar Times

- Advertisement -spot_img

“दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज  २०७७-०६-१९ गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति – समसामयिक
  • अन्तराष्ट्रिय
  • खेलकुद

कोरोना सम्बन्धी

२४ घण्टामा  जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर २४४०  जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १९  जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

राजनीति – समसामयिक

बैठकमा ताेडफाेड , भाेलीसम्मका लागि स्थगित

प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकमा विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले कुर्सी र टेबुल तोडफोड गरेका छन् ।सोमबार दोस्रो पटक बसेको बैठकमा कांग्रेस सांसद बैठक सुरु भएलगत्तै रोस्ट्रम घेर्न पुगेका थिए ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच प्रदेश सभाको बैठक भोलि असोज २० गते मंगलबार मध्यान्ह १२ बजेसम्मका लागि स्थगित भएको छ।

काेराेना देखिएपछि यातायात कार्यालय बन्द

कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएपछि उपत्यकाका २ वटा यातायात कार्यालय बन्द भएका छन्।गुर्जुधारा र ठूलाे भर्याङका कर्मचारीलाइ काेराेना संक्रमण पुष्टि भएपछि दुइ कार्यालय बन्द भएका हुन् ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

डा. केसीको स्वास्थ्य कमजोर, उपचार लिन अस्वीकार

चिकित्सा शिक्षा सुधारका माग राख्दै २२ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर बनेको छ । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा केसीको रगतमा अक्सिजनको मात्रा निकै कम देखिएपछि उनलाई अक्सिजन दिन थालिएको उपचारमा संलग्न डा. सुवास प्रसाद आचार्यले जानकारी दिए ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

अन्तराष्ट्रिय

हेपाटाइटिस–सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार

यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने दुई अमेरिकी वैज्ञानिकहरु हार्वे जे अल्टर, चार्ल्स एम राइस र एक बेलायती वैज्ञानिक माइकल हगटनलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

बम आक्रमण गरी अफगानिस्तानमा जिल्ला प्रमुखको हत्या

अफगानिस्तानको हेल्माण्ड प्रान्तका एकजना जिल्ला प्रमुखको बम हमला गरेर हत्या गरिएको समाचारमा जनाइएको छ ।आइतबार भएको सो बम हमलामा परी अफगानिस्तानको हेल्माण्ड प्रान्तका जिल्ला प्रमुख नाकिबुल्लाह रोशनको ज्यान गएको हो ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

खेलकुद

युनाइटेड र लिभरपुलको लज्जास्पद हार

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ । लिभरपुल एस्टन भिल्लासँग ७-२ गोल अन्तरले पराजित हुँदा म्यान्चेस्टर युनाइटेडले टोटेनहमसँग ६-१ गोलको लज्जास्पद हार व्यहोरेको हो

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु