Information is intelligence
HomeEconomyजनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ५ लाख २४ हजारले पाएनन्

जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ५ लाख २४ हजारले पाएनन्

- Advertisement -spot_img

जनरल इन्स्योरेन्सले निष्कासन गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले मंगलबार बिहान कम्पनीको आईपीओ बाँडफाँड गरेको हो । इन्स्योरेन्सको आईपीओमा कुल ७ लाख ९६ हजार ७३४ जना आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ता खरिदका लागि आवेदन परेको थियो । जसमध्ये २ हजार १८८ जना आवेदकबाट परेको ४८ हजार ६४० कित्ता सेयरको आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ ।

आईपीओमा ७ लाख ९४ हजार ५४६ जना योग्य आवेदकहरुमध्ये गोलाप्राथाबाट दुई लाख ७३ हजारलाई बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ । आवेदन दिएका योग्य आवेदकमध्ये ५ लाख २३ हजार ७३४ आवेदकको भने हात खाली भएको छ ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कम्पनीले निष्कासन गरेको कुल सेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फन्‍डहरुका लागि छुटयाइएको थियो। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता सेयरका लागि आवेदन दिएका थिए । हाल कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ छ । आईपीओ निष्कासनपश्‍चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्‍नेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु