Information is intelligence
HomeInternationalभारत र अमेरिकाका विदेशमन्त्री जापानमा भेट हुने

भारत र अमेरिकाका विदेशमन्त्री जापानमा भेट हुने

- Advertisement -spot_img

अमेरिका र भारतका विदेशमन्त्रीबीच जापानको राजधानी टोकियोमा भेटवार्ता हुने भएको छ ।

अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र भारतका समकक्षी एस जयशंकरको मङ्गलबार भेट हुने तय भएको अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । दोस्रो क्वुयुएडीमा सहभागी हुनका लागि उनिहरु जापान जान लागेका हुन् । त्यसमा उनिहरुसँगै जापान र अष्ट्रेलियाका समकक्षीहरु पनि सहभागी हुने भएका छन् ।

चीन र भारतबीचमा पछिल्लो समयमा फेरि सिमा विवाद भएपछि अमेरिका र भारतका विदेश मन्त्रीहरूको पहिलो पटक भेटवार्ता हुन लागेको हो । जापान रहेका बेला अमेरिकी विदेश मन्त्री पोम्पेओले जापानका नवनिर्वाचित प्रधानमन्त्री योशिहिडे सुगा र जापानी विदेश मन्त्री टोशिमिट्सु मोटेगीलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्तापछि सकारात्मक उपलब्धी हुने उनले विश्वास व्यक्त गरेका छन् । उनले आफ्नो यस पटकको भ्रमण निकै राम्रो हुन गइरहेको बाताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु