Information is intelligence
HomeNewsराजधानी सार्ने प्रस्तावप्रति उद्योगी व्यवसायी आक्रोशित

राजधानी सार्ने प्रस्तावप्रति उद्योगी व्यवसायी आक्रोशित

- Advertisement -spot_img

रुपन्देही | सरकारले प्रदेश नं ५ को राजधानी दाङ लैजाने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरेपछि रुपन्देहीका उद्योगी व्यवसायी आक्रोशित भएका छन् ।

आर्थिक, साँस्कृतिक र पर्यटकीय सबै हिसाबले महत्वपूर्ण मानिएको क्षेत्रमा भएको अस्थायी सदरमुकामलाई नै राजधानी घोषणा नगरी दाङ लैजाने प्रस्ताव ल्याएपछि यहाँका उद्योगी व्यवसायी आक्रोशित भएका हुन् ।

सरकारले आज प्रदेशसभाबाट राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पास गर्ने तयारी गरिरहेका बेला उनीहरुले प्रस्ताव पास भए नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट आफूहरु राजिनामा दिने घोषणासमेत गरेका छन् । उद्योगी व्यवसायीले आज बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेश राजधानी रुपन्देहीमै राख्न माग गर्दै प्रदेशसभाबाट सार्ने निर्णय भए पार्टीबाट राजिनामा दिने चेतावनी दिएका छन् ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसङ्घका केन्द्रीय सदस्य तथा पार्टीका जिल्ला सदस्य एजाज आलमले जनभावना विपरीत राजधानी सार्ने प्रस्ताव ल्याएको भन्दै राजधानी दाङ गए पार्टीबाट राजिनामा दिने घोषणा गरे । उनले दुई हजार २४९ जना सदस्यले पार्टीबाट राजिनामा दिने तयारी गरेको जानकारी गराए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु