Information is intelligence
HomeNewsथप १५५१ जनामा कोरोना संक्रमण पुष्टि,

थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि,

- Advertisement -spot_img

नेपालमा पछिल्लो २४ घण्टामा थप १५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।

२२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकामा आज १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।उपत्यकाका जिल्लाहरू काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ जना र ललितपुरमा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै २३ सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु