Information is intelligence
HomeEconomyसानिमाकाे आइपीओ आजदेखि बिक्री

सानिमाकाे आइपीओ आजदेखि बिक्री

- Advertisement -spot_img

सानिमा जनरल इन्सुरेन्सको आइपीओ आज बुधबार (असोज २१ गते)बाट  बिक्री खुला भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कुल ३० लाख कित्तामध्ये ४% अर्थात् १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको छ । त्यस्तै, ५% अर्थात् १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको छ । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्

यस आइपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा बिक्री नभएमा कात्तिक ६ गतेसम्म बिक्री खुला हुनेछ ।

यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था  अर्थात औसत जोखिम जनाउने केयर एनपीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु