Information is intelligence
HomeEntertainment & Artsबलिउड अभिनेत्री रिया चक्रवर्ती धरौटीमा रिहा

बलिउड अभिनेत्री रिया चक्रवर्ती धरौटीमा रिहा

- Advertisement -spot_img

एजेन्सी | बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरण हुँदै ड्रग्स मुद्दामा मुछिएकी भारतीय अभिनेत्री रिया चक्रवर्ती धरौटीमा रिहा भएकी छन् । मुम्बई उच्च अदालतले उनलाई सशर्त जमानत दिएको हो ।

रियाका भाइ शोविकले गरेको जमानतको अपिल भने अदालतले अस्वीकार गरेको छ । रिया एक लाख रुपैयाँ र पासपोर्ट धरौटीमा राखेर साथै अनुसन्धान अधिकारीले खोजेको बेला हाजिर हुने सर्तमा रिहा भएकी हुन् ।

उनले मुम्बईभन्दा बाहिर जान पनि अनुमति लिनुपर्ने छ।  रिया ८ सेप्टेम्बरमा पक्राउ परेकी थिइन् । सुशांत सिंह राजपूतको आत्महत्याबारे अनुसन्धान भइरहँदा रियामाथि लागू औषध खरिद गरेको अभियोग लागेको छ । अदालतले सुशान्त सिंहको घरमा काम गर्ने दिपेश सावन्त र स्यामुअल मिरान्डालाई पनि जमानत दिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु