Information is intelligence
HomeAMKआजकाे मुख्य खबर | २०७७-०६-२१ | Head News | Durbar Times

आजकाे मुख्य खबर | २०७७-०६-२१ | Head News | Durbar Times

- Advertisement -spot_img

“दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज  २०७७-०६-२१ गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति – समसामयिक
  • अन्तराष्ट्रिय
  • खेलकुद

कोरोना सम्बन्धी

२४ घण्टामा ३ हजार ४ सय ३९ जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४ सय ३९  जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १५   जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

राजनीतिक , समसामयिक

परीक्षा सञ्चालन गर्न सरकारकाे सैद्धान्तिक सहमति

मन्त्रिपरिषद्ले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सैद्धान्तिक सहमति जनाएको छ ।गत असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले यस्ताे जानकारी गराएका हुन् ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

घर नजानुस ,आशीर्वाद अर्काे वर्ष पनि लिन सकिन्छः सरकार

सरकारले नजिकिँदै गरेको नेपालीहरूको महान् चाड दसैँमा काठमाडौंबाट गाउँ जान र गाउँबाट फेरि काठमाडौं आउने काम नगर्न आग्रह गरेको छ साथै दसैँमा लिइने आशीर्वाद अर्काे वर्षका लागि साँचेर राख्न पनि आग्रह गरेको छ।प्रवक्ता ज्ञवालीले ४० लाख जनसंख्या बसोवास गर्ने उपत्यकामा कोरोनाको फैलावट अनियन्त्रित भएमा अति नै कठिन अवस्था आउनेप्रति सबैले संवेदनशील भएर बुझिदिन आग्रह गरे ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

महिला हिंसाका दोषीलाई कडा कारवाहीको माग

अन्तरपार्टी महिला सञ्जालले विश्व कोरोना महामारीले आक्रान्त भइरहेको विषय स्थितिमा पनि महिलामाथिको हिंसा, बलात्कार, हत्या, बोक्सीको नाममा दिइने यातना र एसिड आक्रमणजस्ता अपराधका घटना नरोकिएकाले कडा कारवाहीको माग गरेको छ ।सञ्जालका अध्यक्ष सावित्रा भुसालसहितको टोलीले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई मङ्गलबार अलग–अलग भेटी सो ध्यानाकर्षण गराएका हुन् ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

धार्मिक तथा साँस्कृतिक क्षेत्र कात्तिक १ गतेदेखि खोल्ने तयारीमा छौँ : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताएका छन् ।ओलाङचुङ्गोलास्थित बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटनका क्रममा आज गृह जिल्ला ताप्लेजुङ आएका मन्त्री भट्टराईले लामो समयदेखि बन्द रहेका धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई क्रमशः निश्चित सङ्ख्यामा खोल्दै लैजाने सरकारको तयारी रहेकाे बताएका हुन् ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

अन्तराष्ट्रिय

ब्ल्याक होलमा शोधका लागि तीन वैज्ञानिकलाई फिजिक्स नोबेल पुरस्कार

ब्ल्याक होलका बारेमा खोज–अनुसन्धानमा उल्लेखनीय योगदान पुर्याउने तीन वैज्ञानिकहरुलाई २०२० को फिजिक्स नोबेल पुरस्कार प्रदान गरिएको छ । रोजर पेनरोज, रेनहर्ड जेंजेल र एन्ड्रिया गेजलाई २०२० को फिजिक्स नोबेल पुरस्कार प्रदान गरिएको हो ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

फेसबुकले हटायो, ट्वीटरले लुकायो ट्रम्पको पोस्ट

फेसबुकले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्ट हटाएको छ । उक्त पोस्टमा उनले कोभिड–१९ फ्लूभन्दा कम घातक भएको बताएका थिए ।ट्रम्पले ट्वीटरमा पनि यो सन्देश राखेका थिए । यसलाई ट्वीटरले पनि लुकाइदिएको छ ।

थप समाचारकाे लाग यहाँ क्लिक गर्नुहाेस् ।

खेलकुद

आईपीएलमा आज चेन्नइ र काेलकत्ता रोयल्स भिड्दै

आईपीएल टि २० अन्तर्गत आज चेन्नइ सुपर किंग्स र काेलकत्ता नाइट राइडर्स भिड्दै छन्। खेल नेपाली समय अनुसार ७:४५ मा सुरु भएको छ ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु