Information is intelligence
HomeScience & Technologyएप्पलको ‘आइफोन १२’ अक्टाेबर १३ सार्वजनिक हुँदैै

एप्पलको ‘आइफोन १२’ अक्टाेबर १३ सार्वजनिक हुँदैै

- Advertisement -spot_img

काठमान्डौ | एप्पलकाे बहुप्रतिक्षित आईफोन ट्वेल्भ अक्टाेबर १३ अर्थात आउँदो मंगलबार सार्वजनिक हुने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । आइफोन–१२ फाइभ जी कनेक्टिभिटी भएको एप्पलको पहिलो आइफोन हुनेछ । फाइभ जी कनेक्टिभिटीका कारण आइफोन–१२ ले बजारमा तहल्का पिट्ने र प्रयोगकर्ताहरुको पहिलो रोजाइमा पर्ने विश्लेषण विज्ञहरुले गरेका छन् ।

‘हाई स्पीड’ ट्यागलाईन सहित कम्पनीले उक्त फोन सार्वजनिक गर्न लागेकाे हो । ‘म्याक रौमरस’अनुसार उपभोक्ताले अक्टोबर १६ देखि किन्न पाउने छन् । आइफोन १२ र १२ प्रोमा ६.१ इञ्च डिस्प्ले जडान गरिएको हुने छ। त्यस्तै, प्रो म्याक्समा ६.७ इञ्च डिस्प्ले र १२ मिनीमा ५.४ इञ्च डिस्प्ले जडान गरिएको छ ।

एप्पलले सार्वजनिक गरेको पोस्टरका अनुसार कार्यक्रम अमेरिकी समयअनुसार बिहान १० बजे एप्पल पार्कमा आयोजना हुनेछ । एप्पलको वेबसाइट, एप्पल टिभी एप र युट्युबमा याे इभेन्टकाे प्रत्यक्ष प्रसारण हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु