Information is intelligence
HomeInternational१६ वर्षीया किशोरी एक दिनका लागि प्रधानमन्त्री पद

१६ वर्षीया किशोरी एक दिनका लागि प्रधानमन्त्री पद

- Advertisement -spot_img

काठमाडौं, २२ असोज । फिनल्याण्डमा एक १६ वर्षीया किशोरी एक दिनका लागि प्रधानमन्त्री पद सम्हालेकी छिन् । उनलाई त्यहाँकी प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी हुन् ।

बुधबार एक दिनका लागि आभा मुर्तो नामकी १६ वर्षीया किशोरीले प्रधानमन्त्री पद सम्हाले पनि उनलाई कुनै नयाँ निर्णय गर्ने वा कानुन बनाउने अधिकार भने थिएन । प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक बसाउने अधिकार भने उनीसँग रहेको थियो ।

संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’ का लागि फिनल्याण्डले यस्तो कार्यक्रम आयोजना गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबर लेखेका छन् । आभाले एक दिनको प्रधानमन्त्री हुँदाको अनुभूति सुनाउँदै आफूलाई रमाइलो लागेको प्रतिक्रिया दिइन् ।

बैठकपछि पत्रकारसँग उनले अन्तर्क्रिया समेत गर्नुपरेको थियो । एकदिनको प्रधानमन्त्री बनेकी आभा फिनल्यान्डमा जलवायु परिवर्तन र मानवअधिकारका विषयमा सक्रिय अभियन्ता हुन् ।

उनले एक दिन प्रधानमन्त्री हुँदा बुधधार मन्त्री तथा सांसदहरुसँगको बैठक राख्दै विकास र वैदेशिक व्यापारका विषयमा छलफल सञ्चालन समेत गरेकी थिइन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु