Information is intelligence
HomeSportsआईपीएलमा आज किङ्स इलेभेन पन्जाब र सनराइजर्स हैदरावाद भिड्दै, सम्भावित टोलि

आईपीएलमा आज किङ्स इलेभेन पन्जाब र सनराइजर्स हैदरावाद भिड्दै, सम्भावित टोलि

- Advertisement -spot_img

एजेन्सी । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‌वान्टी क्रिकेटअन्तर्गत आज (बिहीबार) किङ्स इलेभेन पन्जाबले आफ्नो छैटौं खेल सनराइजर्स हैदरावादसँग खेल्दै छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ७:४५ मा सुरु हुनेछ । आजको खेलमा पन्जाब आफ्नो दोस्रो जित निकाल्ने योजनामा छ ।

यो सिजन निकै खराब प्रदर्शन गरेको पन्जाबले अघिल्लो चरण प्रवेशका लागि आफूलाई बलियो बनाउन आजको खेल जित्नैपर्ने दबाब छ । लिगमा पाँच खेल खेलेको पन्जाबले मात्र एक खेलमा जित हासिल गरेको छ ।

यता लिगमा पाँच खेल खेलेर दुई खेलमा जित हात पारेका हैदराबाद आजको खेलमा पनि जित निकाल्ने योजनामा छ । आजको खेलमा जित निकाल्दै हैदराबाद लिगमा आफूलाई बलियो बनाउने योजनामा छ ।

सम्भाबित टीम(SRH): David Warner (C), Jonny Bairstow (WK), Manish Pandey, Kane Williamson, Priyam Garg, Abhishek Sharma, Abdul Samad, Rashid Khan. Sandeep Sharma, T Natarajan, Siddarth Kaul/Khaleel Ahmed

सम्भाबित टीम(KXIP) : KL Rahul (C), Chris Gayle, Mayank Agarwal, Mandeep Singh, Nicholas Pooran (WK), Sarfaraz Khan, Harpreet Brar/Murugan Ashwin, Mujeeb Ur Rahman, Ravi Bishnoi, Mohammad Shami, Sheldon Cottrell/Hardus Viljoen

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु